दफा
बजेट तथा कार्यक्रम तर्जुमा गर्ने
(१) आगामी आर्थिक वर्षमा गर्नुपर्ने सरकारी काम काज तथा विकास कार्यक्रमको निमित्त तोकिए बमोजिम बजेट तयार गर्ने गराउने उत्तरदायित्व अर्थ मन्त्रालयको हुनेछ ।
(२) उपदफा (१) बमोजिम बजेट तथा कार्यक्रम तर्जुमा एवं प्रगति समिक्षा गर्नको लागि अर्थ मन्त्रालयले माग गरेको आवधिक कार्य विवरण, आय–व्ययको अनुमान तथा संविधानको संविधानको धारा ११९ को उपधारा (२) बमोजिम आफ्नो कार्यालय र मातहतका कार्यालयलाई
छुट्याइएको बजेट निकासा, खर्च र लक्ष्य अनुसार भएको प्रगति विवरण अर्थ मन्त्रालयमा पेश गर्ने उत्तरदायित्व सम्बन्धित लेखा उत्तरदायी अधिकृतको हुनेछ ।
(३) मित्रराष्ट्र र अन्तरराष्ट्रिय संघ संस्थाबाट अनुदान र ऋण स्वरूप नेपाल सरकारलाई प्राप्त हुने नगदी वा जिन्सी सहायतालाई बजेटमा समावेश गर्नु गराउनु पर्नेछ । यस बाहेक अन्य प्रकारका सहायताको छुट्टै विवरण बजेट साथ संसदमा पेश गर्नुपर्नेछ ।
(४) उपदफा (३) बमोजिमको सहायता लिनु अघि त्यस्तो सहायता, योजना तथा वार्षिक कार्यक्रमले निर्धारण गरेको प्राथमिकता, नीति तथा कार्यक्रम अनुरूप छ, छैन सो सम्बन्धमा सामान्यतया राष्ट्रिय योजना आयोगको परामर्श लिई अर्थ मन्त्रालयको स्वीकृति लिने र सोको
विवरण तयार गरी अर्थ मन्त्रालयमा पेश गर्ने कर्तव्य लेखा उत्तरदायी अधिकृतको हुनेछ ।
(५) गैर सरकारी संस्था र स्थानीय निकायहरूलाई प्राप्त हुने वैदेशिक ऋण, अनुदान र सहयोग सम्बन्धी विवरण सम्बन्धित मन्त्रालयले अर्थ मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ । यसरी प्राप्त हुन आएको विवरण अर्थ मन्त्रालयले संसद समक्ष पेश गर्नु पर्नेछ ।
(६) बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अपनाउनु पर्ने अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।